पछिल्लो २४ घण्टामा नेपालमा चार हजार भन्दा धेरै काेराेना सङ्क्रमण मुक्त



पछिल्लो २४ घण्टामा नेपालमा चार हजार भन्दा धेरै काेराेना सङ्क्रमण मुक्त

काठमाण्डाै २६ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा चार हजारभन्दा धेरै काेराेना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा चार हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

याेसँगै नेपालमा काेराेनामुक्त हुनेकाे सङ्ख्या तीन लाख दुई हजार सात सय ८७ पुगेकाे छ । अब नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ७६ दशमलव सात प्रतिशत पुगेको छ । पछिल्लाे २४ घण्टामा देशभर आठ हजार आठ सय ८५ जनामा काेराेना सङ्क्रमण देखिएकाे छ भने थप ८८ जनाकाे ज्यान गएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे