उपचारका लागि अक्सिजन र बेड नपाउँदा सल्यानका एक कोरोना संक्रमितको मृत्यु



उपचारका लागि अक्सिजन र बेड नपाउँदा सल्यानका एक कोरोना संक्रमितको मृत्यु

तुलसीपुर २६ वैशाख । उपचारकालागि अक्सिजन र बेड नपाउँदा सल्यानका एक कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति १२ बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकालागि ल्याएनि बेड नपाएपछि सल्यान छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ निवासी ४९ बर्षिय पुरुषको मृत्यु भएको आफन्तले बताएका छन् ।

प्रतिष्ठानमा बेड अभाब देखाउँदै शनिबार विहान १० बजेसम्म बेड नपाएपछि पुनः सल्यान तिरै लैजाने क्रममा विरामीको बाटोमै मृत्यु भएको हो । मृतक पुरुषको एन्टिजेनद्वारा परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएको भोटेचौर आइसोलेशनमा रहेका डाक्टर प्रोशेष सिंहले बताए । डाक्टर सिंहले भने, ‘उनलाई हामीले अक्सिजन लगाएर उपचार गर्न नै पाएनौं । उनको बाटोमा नै मृत्यु भैसकेको रहेछ । अहिले कोरोना पोजेटिभ देखियो ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे