पछिल्लो २४ घण्टामा देशभर ९ हजार एक सय ९६ जनामा काेराेना सङ्क्रमण, ५० जनाकाे ज्यान गयाे



पछिल्लो २४ घण्टामा देशभर ९ हजार एक सय ९६ जनामा काेराेना सङ्क्रमण, ५० जनाकाे ज्यान गयाे

काठमाण्डाै २४ बैशाख । पछिल्लो २४ घण्टामा देशभर नौ हजार एक सय ९६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । २० हजार चार सय ८२ नमुना परीक्षण गर्दा नौ हजार एक सय ९६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सङ्ख्या नेपालमा देखिएको दैनिक सङ्क्रमणमध्ये सबैभन्दा धेरै हो । बिहीवार (हिजो) नौ हजार ७० जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन लाख ७७ हजार ६ सय तीन पुगेको छ । दिनदिनै ठूलो सङ्ख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा अहिले ७८ हजार ६ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै थप ५० काेराेना सङ्क्रमितकाे ज्यान गएसँगै नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार पाँच सय ७९ पुगेको छ ।  २४ घण्टामा दुई हजार नाै सय पाँच जना सङ्क्रमित निकाे भएका छन् । नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ९५ हजार तीन सय ९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे