भक्तपुरमा अक्सिजन नपाएर दुई काेराेना सङ्क्रमितको ज्यान गयाे



भक्तपुरमा अक्सिजन नपाएर दुई काेराेना सङ्क्रमितको ज्यान गयाे

भक्तपुर २४ बैशाख । भक्तपुरमा अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकै साथ दुई कोरोना सङ्क्रमितको ज्यान गएकाे छ । भक्तपुर कौशलटारमा रहेकाे भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि ज्यान गएकाे जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

भक्तपुरका अस्पतालहरूमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ थियो । उहाँले त्यस अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दा खोज्दै सङ्क्रमितकाे ज्यान गएकाे उहाँले जानकारी दिए । एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरि उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे