प्युठानका एक संक्रमित महिलाको दाङमा मृत्यु



प्युठानका एक संक्रमित महिलाको दाङमा मृत्यु

दाङ २४ बैशाख । दाङमा कोरोना संक्रमित प्युठानका एक महिलाको मृत्यु भएको छ । बेलझुण्डी कोरोना विषेश अस्पतालमा उपचारारत प्युठान नगरपालिका–३ का ३६ वर्षिय महिलाको मृत्यु भएको हो ।

अस्पतालमा गत बैशाख १० गतेदेखि आइसियुमा उपचाररात महिलाको आज बिहान पौने १२ बजे निधन भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन् । कोरोना संक्रमित महिलालाई निमोनियाको पनि समस्या रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे