भारतमा एकैदिन चार लाख १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि



भारतमा एकैदिन चार लाख १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि

काठमाण्डाै २३ बैशाख । भारतमा एकैदिन चार लाख १२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा चार लाख १२ हजार ६ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । यसअघि गएको शनिवार पनि भारतमा चार लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ३९ सय ८२ जनाको ज्यान गएको छ ।

भारतमा अहिलेसम्म दुई करोड १० लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई लाख ३० हजारभन्दा धेरैले ज्यान गुमाएका छन्  । सङ्क्रमित मध्ये एक करोड ७२ लाख ६९ हजारभन्दा धेरै निको भएका छन् । भारतमा अहिलेसम्म २९ करोड ४८ लाखभन्दा धेरैको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे