परीक्षण गरिएकामध्ये झन्डै ४३ प्रतिशतमा काेराेना पुष्टि, एकै दिन सात हजारभन्दा धेरै सङ्क्रमित थपिए



परीक्षण गरिएकामध्ये झन्डै ४३ प्रतिशतमा काेराेना पुष्टि, एकै दिन सात हजारभन्दा धेरै सङ्क्रमित थपिए

काठमाण्डाै १९ बैशाख । पछिल्लाे २४ घण्टामा नेपालमा सात हजार दुई सय ११ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । १६ हजार एक सय ४७ जनाकाे पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३  जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा ७४ गरी सात हजार दुई सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

परीक्षण गरिएकाे सङ्ख्या र सङ्क्रमण पुष्टि भएकाे सङ्ख्यालाई प्रतिशतमा हेर्ने हाे भने पछिल्लाे २४ घण्टामा परीक्षण गरिएकामध्ये झन्डै ४३ प्रतिशतमा काेराेना पुष्टि भएकाे हाे । काठमाण्डौ उपत्यकामा आज तीन हजार पाँच सय ९५ जनामा सङ्क्रमण देखिएकाे छ । काठमाण्डौमा दुई हजार सात सय ८४, ललितपुरमा पाँच सय ५० र भक्तपुरमा तीन सय एक जनामा सङ्क्रमण देखिएकाे हाे ।

यस्तै काेराेना सङ्क्रमणका कारण थप २७ जनाको ज्यान गएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार तीन सय २५ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ ।

यस्तै एक हजार ६ सय १२ जना निको भएर डिस्चार्ज भएका छन् । याेसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ८३ हजार नाै सय ९४ पुगेकाे छ । अहिले ४८ हजार सात सय ११ जना सक्रिय सङ्क्रमित रहेकाेमध्ये चार सय ७७ जना आइसोलेशनमा र एक सय १३१ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे