४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको दाबी



४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको दाबी

बुटवल  १९ वैशाख । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता  शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त  गरे लगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् ।

यसमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे