देउखुरीमा एक बालककाे कोरोना संक्रमणबाट मृत्यु
गढवा १० वैशाख । देउखुरीमा एक कोरोना संक्रमित १४ वर्षीय बालकको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ निबासी आदर्श माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत बिधान आचार्य (बिप्लब आचार्य) को उपचारका क्रममा शुक्रबार बिहान ४ बजे भैरहवामा मृत्यु भएको हो ।
कोरोना संक्रमण भएर मृत्यु भएका ती बालकले वैशाख ६ गते टाउको दुख्यो भनेर शिक्षकलाई जानकारी गराएर विद्यालयबाट घर गएको प्रधानाध्यापक कुलचन्द्र पौडेलको भनाई छ । कक्षा ९ मा अध्ययनरत बालकको मृत्यु भएपछी दुई दिनको लागि विद्यालय बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्