तुलसीपुरमा हवाई इन्धन डिपो निर्माणकालागि टेण्डर आब्हान



तुलसीपुरमा हवाई इन्धन डिपो निर्माणकालागि टेण्डर आब्हान

दाङ १० बैशाख। दाङ तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माणकालागि टेण्डर आब्हान गरिएको छ । नेपाल आयल निगम अन्तर्गत इन्जेनिरीङ तथा परियोजना विभागले ३० दिने सूचना सहितको टेण्डर आब्हान गरेको हो ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको निरन्तरको ताकेतापछि निगमले टेण्डर आब्हान गरेको नगर प्रवक्ता श्याम डाँगीले बताए । ‘हवाइ इन्धन डिपो निर्माणको काम अब अघि बढ्यो । यो मेयरसावको पहलकदमीबाट सम्भव भएको हो ,’ प्रवक्ता डाँगीले भने–‘अब यसले तुलसीपुरलाई समृद्धि बनाउने कुरामा इट्टा थप्ने काम गरेको छ ।’

डिपो निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच कठ्ठा जग्गा उपलब्ध गराएपछि निर्माणको कामले गतिलिन थालेको हो । दैनिक ३ वटा जहाजले उडान भरेपनि एक महिनासम्म तेलले पुग्नेगरि ३० केएलका २ वटा अन्डरग्राउण्डेड टयाङ्क निर्माण गर्ने र त्यसका लागि टयाङ्क र बाउजर मेसिन तयारी अवस्थामा राखेको निगमले जनाएको छ ।

२०११ सालमा स्थापना भएको टरिगाउँ बिमान स्थानलमा हिजोआज वायुसेवा निगमको बिमानले हप्तामा सातैबार उडान भर्दै आएको छ । नेपाल आयल निगमम इन्धन डिपो तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले टेण्डर आब्हानको समय र मुल्याङ्कनसहित ढिलोमा ४५ दिनभित्र निर्माणको काम सुरु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे