भारतको महाराष्ट्रमा कोरोना विशेष अस्पतालमा आगलागी, आईसीयूमा भर्ना भएका १३ जनाको ज्यान गयो



भारतको महाराष्ट्रमा कोरोना विशेष अस्पतालमा आगलागी, आईसीयूमा भर्ना भएका १३ जनाको ज्यान गयो

काठमाण्डाै १० बैशाख । भारतको महाराष्ट्रमा कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको ज्यान गएको छ । अस्पतालको आईसीयूमा भर्ना भएका १३ जना कोरोना सङ्क्रमितको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीमा घाइते भएका बिरामीलाई अर्को अस्पतालमा रेफर गरिएको छ । दुई दिनअघि मात्रै महाराष्ट्रको नासिकमा रहेको एक अस्पतालमा अक्सिजन चुहावट हुँदा २२ जना बिरामीको ज्यान गएको थियो  । भारतको अहिले कोरोना भाइरसको सङ्क्रमण बढेसँगै दिल्लीमा अक्सिजनको अभाव हुन थालेको छ ।

दिल्लीका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएका छन् । गएको २४ घण्टामा भारतमा ३ लाख ३२ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने यो अवधिमा २ हजार २ सय ५६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे