पत्रकार अधिकारीको निधन प्रति पत्रकार महासंघद्धारा दुख व्यक्त



पत्रकार अधिकारीको निधन प्रति पत्रकार महासंघद्धारा दुख व्यक्त

घोराही ८ वैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखाकाले साधारण सदस्य दामोदर अधिकारीको निधन प्रति दुख व्यक्त गरेको छ । ४१ वर्षको उमेरमा कोभिड– १९ का कारण काठमाडौँमा उपचारको क्रममा वैशाख ७ गते राति भएको निधनले महासंघलाई स्तब्ध एवं मर्माहत बनाएको विज्ञप्तीमा उल्लेख छ ।महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शितलले एक विज्ञप्ती जारी गरी दुख व्यत्त गरेका छन् । साथै  दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेका छन् । २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलन लगायत विभिन्न जटिल परिस्थितिमा उहाँले दाङको पत्रकारितामा पु¥याउनुभएको योगदान अमूल्य एवं स्मरणीय छ ।

उहाँको निधनले महासंघ र दाङको पत्रकारितालाई अपुरणीय क्षति पु¥याएको छ । उहाँको योगदानको उच्च कदर गर्दै शोकमा पत्रकार महासंघको घोराहीस्थित कार्यालयमा पाँच दिनसम्म शोक पुस्तिका राखिने भएको छ । कोरोना भाईरसको संक्रमण बढ्दै गएकाले सम्पूर्ण सञ्चारकर्मीहरुलाई साबधानी अपनाएर काम गर्न महासंघले अनुरोध समेत गरेको छ ।

कोरोना जोखीमको यो समयमा पत्रकारहरुलाई सुरक्षीत तरिकाले काम गर्ने वातावरण मिलाउन र आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु व्यवस्था गर्न सम्पूर्ण सञ्चारमाध्यमहरुलाई महासंघले अपील गरेको छ । साथै पत्रकारहरुको सहजरुपमा स्वास्थ्य जाँच र उपचारको व्यवस्था मिलाउन सरकारसँग महासंघले आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे