सभामुख विरुद्धको मुद्या संवैधानिक इजलासमा



सभामुख विरुद्धको मुद्या संवैधानिक इजलासमा

काठमाडौं ८ वैशाख । संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाई आज हुने हुने भएको छ । सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा तोकिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र इश्वर खतिवडा रहेका छन् ।

लामो समयदेखि पेसीमा नचढेको यो मुद्दा आज सुनुवाई हुन लागेको हो । उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो । सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे