कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दाङको शान्तिनगरमा एक हप्ता विद्यालय बन्द, १२ गतेबाट वार्षिक परीक्षा
दाङ ५ बैशाख । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि दाङको शान्तिनगर गाउँपालिकामा एकहप्तालाई विद्याय बन्द गरिएको छ । गाउँपालिका स्तरीय आजको बैठकले आज देखि शुक्रबार ११ गतेसम्म विद्यालय बन्द गर्ने र त्यस लगत्तै वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
अध्ययन विदा स्वरुप एक हप्तालाई विद्यालय बन्द गर्ने निर्णय गरिएको छ, गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए । त्यसपछि १२ गतेबाट स्वास्थ्य मापदण्ड अपनाएर वार्षिक परिक्षा सञ्चालन गरिने छ । अध्यक्ष डाँगीका अनुसार परिक्षा पनि दुई सिफ्टमा सञ्चालन गरिने भएको छ । कक्षा १ देखि कक्षा ५ सम्म विहान र ६ देखि ९सम्म दिउँसो परीक्षा सञ्चालन गरिने उनले बताए ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले हिजो सरकारवालसँग छलफल गर्दै स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने जनाएको थियो । तर जतिसक्दो बैशाख २७ गतेबाट वार्षिक परीक्षा सञ्चालन गरी तयारी गर्न मेयर घनश्याम पाण्डेले विद्यालयलाई निर्देशन दिएका छन् । यता घोराहीमा विद्यालय बन्द गर्ने सम्बन्धी कुनै निर्णय भएको नपाइए पनि कतिपय क्याम्पसहरुले भने अनलाइन कक्षा सञ्चालन गर्ने भन्दै क्याम्पस बन्द गरेका छन् ।