भालुवाङ बजारकाे फाेहाेर तत्काल व्यवस्थापन गर्न सराेकारवालाहरूकाे आग्रह



भालुवाङ बजारकाे फाेहाेर तत्काल व्यवस्थापन गर्न सराेकारवालाहरूकाे आग्रह

भालुवाङ ३१ चैत । भालुवाङ बजारकाे फाेहाेर तत्काल व्यवस्थापन गर्न सराेकारवालाहरूले आग्रह गरेका छन् । उनीहरूले लुम्बिनी प्रदेशकाे स्थायी राजधानीकाे केन्द्रबिन्दु समेत मानिएकाे भालुवाङ बजारकाे फाेहाेर व्यवस्थापन हुन नसक्नु लज्जास्पद बिषय भएकाे भन्दै यस तर्फ सम्बन्धित सराेकारवालाहरूकाे ध्यान जानू पर्ने बताएका थिए ।

आसाका किरण संस्था भालुवाङकाे आयाेजनामा आज देउखुरीकाे भालुवाङमा आयाेजित राप्ती उद्योग बाणिज्य संघ भालुवाङका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बाल्ने सहभागी बक्ताहरूले यस्ताे बताएका हुन् । उनीहरूले तत्काल फाेहाेर व्यवस्थापन गर्नका लागि दिर्घकालिन याेजना बनाएर काम शुरू गर्न आग्रह समेत गरेका छन् ।

संस्थाका कार्यबाहक अध्यक्ष असाेक बेल्बासेकाे अध्यक्षता एवम् राप्ती गाउँपालिका वार्ड नम्बर १ का वडाध्यक्ष ताराबहादुर डिसीकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा राप्ती उद्योग बाणिज्य संघकाे छैठाैँ साधारणसभा तथा अधिवेशनकाे निर्वाचन प्रकृयाबाट नबनिर्वाचित पदाधिकारीलाई टिकामाला लगाई सम्मानपत्र सहित सम्मान गरेकाे छ । साथै नब बर्ष २०७८ सालकाे पावन अवसरमा शुभकामना आदानप्रदान सहित अन्तरक्रिया कार्यक्रम समेत गरिएकाे थियाे ।

संस्थाका सदस्य छबिलाल कडेलकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा राप्ती उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष जगतप्रसाद पाेख्रेल, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्ट, हाेटेल व्यवसाय महासंघ लुम्बिनी प्रदेशका सह-सचिव महेश बेल्बासे, राप्ती उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुरज खड्का, बरिष्ठ उपाध्यक्ष बाबुराम थापा, महासचिव नारायण शर्मा, सचिव भरतमणि न्याैपाने र अस्थाई ट्राफिक प्रहरी पाेष्ट भालुवाङका सई कबिराम सेन्चुरी लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन संस्थाका संस्थापक सदस्य दिपेश आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे