पुर्व अध्यक्षहरुलाई सम्मान तथा अखिल छैठौंका अध्यक्ष पोख्रेलद्वारा लिखित पुस्तक बिमाेचन हुने



पुर्व अध्यक्षहरुलाई सम्मान तथा अखिल छैठौंका अध्यक्ष पोख्रेलद्वारा लिखित पुस्तक बिमाेचन हुने

कपिलवस्तु २९ चैत्र । अखिल ( छैठौं ) केन्द्रीय समितिको आयाेजनामा छैठौंका बिगत देखि वर्तमान सम्मका पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने भएको छ। आगामी नयाँ वर्ष २०७८ साल बैशाख १ गते गर्ने तयारी रहेकाे छ। भृकुटीमण्डप स्थित नेपाल पर्यटन बाेर्डकाे सभाहलमा कार्यक्रमकाे आयाेजना गरिकाे छ।

कार्यक्रममा पुर्व अध्यक्षहरु विश्वकान्त मैनाली, निनु चापागाईं, लिलामणी पाेखरेल, देव गुरुङ, टाेपबहादुर रायमाझी, बिनबहादुर कुवर, परि थापा, हिमलाल पुरी, कृष्ण अधिकारी ,राजेन्द्र ढुंगाना, दुर्गा शर्मा र अनिल किशोर घिमिरेलाई सम्मान गर्ने कार्यक्रम रहेकाे छ।

राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीकाे प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा छैठौंका केन्द्रीय अध्यक्ष बिमल पोख्रेलद्वारा लिखित ” अखिल छैठौंकाे इतिहास ” पुस्तक विमाेचन गर्ने कार्यक्रम समेत रहेकाे छ।

कार्यक्रममा विभिन्न बिद्यार्थी संगठनका प्रमुखहरु लगायत नेकपा ( मसाल ) सम्बद्व जनवर्गीय संगठनका प्रमुखहरुलाई समेत आमन्त्रित गरिएको अखिल छैठौंका केन्द्रीय सचिब सुवास जिसीले जानकारी दिएका छन् ।

नेपाल पर्यटन बाेर्डकाे सभाहलमा विहान ११ बजे देखि सुरु हुने कार्यक्रममा अखिल छैठौंकाे छैठौं इतिहास संग, विगत र वर्तमान संग जाेडिएका सबैलाइ उपस्थित भइदिन अनुराेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे