LISTEN LIVE RADIO

कृषि अनुगमन समितिद्वारा राप्ती ५ का विभिन्न कृषि फर्महरुकाे अनुगमन



कृषि अनुगमन समितिद्वारा राप्ती ५ का  विभिन्न कृषि फर्महरुकाे अनुगमन
भालुवाङ २१ चैत । राप्ती गाउँपलिका दाङको कृषि अनुगमन समिति द्वारा बुधबार वडा नम्बर ५ मा रहेका विभिन्न कृषि फर्महरुकाे अनुगमन गरिएको छ।
आर्थिक वर्ष २०८०/०८१ को संघीय वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत फलफूल प्रवर्द्धन कार्यक्रम संचालन गर्नका लागि उक्त फर्महरुकाे अनुगमन गरिएको हाे।
अनुगमनका क्रममा फलफूल खेती गर्दा देखापरेका विभिन्न राेग तथा समस्याका बारेमा आवश्यक प्राविधिक सल्लाह सुझाव समेत प्रदान गरिएको थियो ।
अनुगमनमा गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकि संयाेजक कमलापती चाैधरी,पशु विकास शाखा प्रमुख दामोदर आचार्य, कृषि विकास शाखा प्रमुख बरसाती गडरीया, प्राविधिक निर्मला गिरी, प्रदिप खत्री लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे