LISTEN LIVE RADIO

राप्ती ६ का ६३ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री प्रदान



राप्ती ६ का ६३ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री प्रदान

भालुवाङ ६ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ का किसानहरूलाई कृषि सामाग्री प्रदान गरिएको छ ।

तरकारी बालीको साना व्यवसायिक उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम अन्तरगत कृषि शाखाकाे सहयोग तथा समन्वयमा राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुरमा रहेको नवप्रतिभा कृषि सहकारी संस्थाले ६३ जना व्यवसायीक तरकारी खेती गर्ने किसानहरूलाई ५० प्रतिशत अनुदानमा स्प्रे ट्याङकी, कोदालो र विषादी प्रदान गरिएको कृषि शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिकाको ४ लाख ३९ हजार ६ सय २० रुपैयाँ र राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुरमा रहेको नवप्रतिभा कृषि सहकारी संस्थाले व्यहोर्ने गरि ३ लाख ६१ हजार ६ सय २० रूपैयाँ गरि कुल रकम ८ लाख १ हजार २ सय ४० रूपैयाँको लगानीमा सो कृषि सामाग्री वितरण गरिएको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख गडरियाले बताएका छन् । कृषकहरुलाई तरकारी खेतीमा थप प्रोत्साहनका लागि सो सामाग्री प्रदान गरिएको हो । कृषि सामाग्री पाएपछि किसानहरु समेत खुसी भएका छन् । ५० प्रतिशत अनुदानमा सामाग्री प्रदान गर्दा कृषकहरुले पनि आफ्नो लगानीको पनि अपनत्तो राख्ने र केहि राहत मिल्ने गाउँपालिकाले अपेक्षा राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे