LISTEN LIVE RADIO

ऐरावती आदर्श बहुमुखी क्याम्पसको १५ औं वार्षिकोत्सव कार्यक्रम



ऐरावती आदर्श बहुमुखी क्याम्पसको १५ औं वार्षिकोत्सव कार्यक्रम

भालुवाङ ६ फागुन । पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले सकरात्मक सोचाइको विकास गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार दाङको राप्ती गाउँपालिका –२ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसको १५ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै पुर्व मन्त्री तथा सांसद चौधरीले सो कुरा बताएका हुन् । उनले विद्यार्थीहरूलाई पढेर मात्र नभई देशका लागि केही गर्छु भन्ने योजना बनाउन आवश्यक रहेको बताएका छन् । पढेर विदेश जाने सोचाइले देश विकास हुन नसकेको हुँदा अब म पढेर देशमा सुशासन ल्याउँछु, देशलाई बनाउँछु भन्ने सोचको विकास गर्न विद्यार्थीहरूलाई सुझाव समेत दिएका छन् । त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यार्थीहरूलाई श्रम तथा उत्पादन सँग जोडिन आग्रह गरेका छन् । उनले विद्यार्थीहरूलाई फर्निचर माग्ने काम नगरि उत्पादन सँग जोडिन योजना बनाएर ल्याउन आग्रह गरेका छन् । क्याम्पसका विद्यार्थीहरू अब अभिभावक सँग पैसा मागेर नभइ कमाउँदै पढ्दै गर्ने वातावरण मिलाउन सुझाव समेत दिएका छन् । त्यस्तै अध्यक्ष विष्टले पछिल्लो समय पढेलेखेका युवाहरू दिनहुँ हजारौंको खाडिमुलक गइरहेको विकराल अवस्थालाई रोक्ने वातावरण पनि क्याम्पसले गर्नुपर्ने बताएका छन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवराज खनालको अध्यक्षता एवम् पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, नेपाली कांग्रेसका दुर्योधन पाण्डे, स्ववियु सभापति विष्णा भण्डारी(संगिता) लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा खेलकुदका विजेताहरूलाई पुरस्कार वितरण, विभिन्न अक्षयकोषको रकमबाट छात्रवृत्ति वितरण गरिएको थियो । जस अनुसार तामपितम अक्षयकोषबाट वि.एड तह उत्र्तिण अल्ताफ अहमद हलवाई प्रथम रु २ हजार, वि.वि.एस तह उत्र्तिण आरुष खड्का प्रथम रु २ हजार, वि.एड प्रथम वर्षमा अध्ययनरत युनिक आचार्य प्रथम रु २ हजार, वि.वि.एड प्रथम वर्षमा अध्ययनरत भुवन भट्टराई प्रथम रु २ हजार छात्रवृत्ति प्रदान गरिएको छ । भने सोही अक्षयकोषको रकमबाट क्याम्पसका प्राध्यापकहरु मध्येबाट भेषबहादुर बुढाथोकीलाई नगद ३ हजार रुपैयाँ र सम्मानपत्र सहित सम्मान तथा पुरस्कृत गरिएको छ ।

रविलाल, बोधकुमारी न्यौपाने अक्षयकोषबाट दलित, जेहोन्दार छात्र÷छात्रा तर्फ वि.एड चौथो वर्षमा अध्ययनरत छात्रा डिला विक रु २ हजार ५ सय, वि.एड चौथो वर्षमा अध्ययनरत चन्द्रबहादुर सुनार रु २ हजार ५ सय प्रदान गरिएको छ । भने जगत प्रसाद पौडेल स्मृति अक्षयकोषबाट विपन्न, जनजाती, महिला तर्फ वि.वि.एस दोस्रो वर्षमा अध्ययनरत छात्रा स्मृति कुमाललाई रु २ हजार ५ सय, सोही तहमा अध्ययनरत छात्रा रेजिना कुमाललाई रु २ हजार ५ सय प्रदान गरिएको छ । क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष ताराप्रसाद भुसालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख तुलसीराम पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे