LISTEN LIVE RADIO

देउखुरीमा तरकारीको भाउ अकासियो



देउखुरीमा तरकारीको भाउ अकासियो

श्रवण बस्नेत, लमही १७ कार्तिक । दाङको देउखुरीमा तरकारीको भाउ अकासिएको छ । जसका कारण भान्सा पनि अहिले मंहगो भएको छ । लमही सब्जी मण्डिका ब्यापारी जितेन्द्र गुप्ताका अनुसार गोभी फुल गोभी ६०, गोभी बन्दा ९०, टमाटर ८०, लौका ३०, भान्टा ४०, करेला ६०, बोडि ४०, खुर्सानी १२०, प्याज १५०, च्याउ २००, घिरौला ४०, सिमला खुर्सानी १०० ,परवल १००, चिचिन्नु ५०, नयाँ आलु ११०, पुरानो आलु ७०, काक्रो ६०, अदुवा १०० , लसुन २०० रुपैयाँ किलोमा बिक्री वितरण भइरहेको छ ।

स्थानीय स्तरमा उत्पादन हुने तरकारी नभएको र बाहिरी जिल्लाबाट ल्याउनु पर्ने भएकोले तरकारीको मुल्य बढेको हो । यस अघि झन् महुङ्गो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे