LISTEN LIVE RADIO

नेपाल मार्शल आर्टस हाप्किडो संघ लुम्बिनी प्रदेश गठन, अध्यक्षमा केसी चयन



नेपाल मार्शल आर्टस हाप्किडो संघ लुम्बिनी प्रदेश गठन, अध्यक्षमा केसी चयन

भालुवाङ ११ जेठ । दाङको राप्ती गाउँपालिकामा लुम्बिनी प्रदेश स्तरीय नेपाल मार्शल आर्टस हाप्किडो संघ गठन गरिएको छ । बुधवार संघले राप्ती गाउँपालिकामा एक भेलाको आयोजना गरि संघ गठन गरेको हो ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ गठन गरिएको संघको अध्यक्षमा टेकराज केसी (प्युठान), उपाध्यक्षमा दुर्गाबहादुर खड्का (प्युठान), सचिवमा मोहसिन हलुवाइ (बाँके), कोषाध्यक्षमा विकास बाढा मगर (रोल्पा), सदस्यहरुमा इशान पाठक (कपिलवस्तु), माधव भण्डारी (अर्घाखाँची), रामकृष्ण डाँगी (दाङ), सिर्जना बुढामगर (रोल्पा), महेश गुरूङ (पुर्वी रूकुम), निक्कु विश्वकर्मा (दाङ) र रवि सुनार (बर्दिया) रहेका छन् ।

कुल १३ सदस्यीय कार्यसमितिमा १ उपाध्यक्ष र १ सदस्य रिक्त राखिएको छ । संघका केन्द्रीय अध्यक्ष कालिबहादुर घर्तीको अध्यक्षता एवम् खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आतिथ्यता र राप्ती गाउपालिकाका उपाध्यक्ष कमलापति चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले खेल क्षेत्रलाई राम्रो बनाउन खेलाडीमा अनुशासन हुन आवश्यक रहेको बताएका थिए ।

भेलामा बक्सिङ संघ लुम्बिनी प्रदेशका संयोजक राजु गुरूङ, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता र १२ जिल्लाका प्रतिनिधि, परिवेक्षक र प्रशिक्षकहरुको उपस्थिती रहेको थियो । प्रशिक्षक टेकराज केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशिक्षक दुर्गा बहादुर खड्काले गरेका थिए । कार्यक्रममा राजकुमार बुढाको टिमले डेमो प्रस्तुति देखाएको थियो । भने खेलाडीहरुले साँस्कृतिक प्रस्तुती समेत देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे