उपमा सञ्चार प्रालिले गर्यो प्रथम धौलागिरी राष्ट्रिय सङ्गीत तथा फिल्म अवार्ड २०८१



काठमाडाैँ १३ असार । उपमा सञ्चार प्राली द्वारा आयोजना गरिएको धौलागिरी राष्ट्रिय सङ्गीत तथा फिल्म अवार्ड २०८१ अर्थात उपमा धौलागिरी सङ्गित दशक गायक तथा दशक पत्रकार सम्मान कार्यक्रम २०८१ असार ८ गते दिनको १बजे बागलुङ बजार मा रहेको कस्तरी समाजको सभाहलमा गण्डकी प्रदेश सरकार का नि:बर्तमान मुख्यमन्त्री खगराजको प्रमुख आतिथ्यतमा र उपमा सञ्चार प्रा लि तथा कार्यक्रम का सभापति आशा गौतम मार्फत दिप प्रज्वलन गरि कार्यक्रम को उद्घाटन गरिएको थियो । प्रमुख अतिथि बाट दशक गायक/सर्जक/ सङ्गितकार सम्मानित मा बरिस्ठ गायक कृष्ण दत्त पौडेल, मौसम पाइजा पुन,माया देवि गुरुङ, रेशम सापकोटा,वसन्त के.सि, प्रल्हाद सुबेदी, हरि सुनार,लक्ष्मण श्री,महेन्द्र पुन,सर्जक तथा पत्रकार निर्मल पौडेल, खेमराज गौतम (सुवास), बाग्लुङ भगवती गुठी का अध्यक्ष कुमार खड्का, म्याग्दी उधोग बाणिज्य संघ का पुर्व अध्यक्ष जीवन बाहादुर बिश्वकर्मा, नवप्रतिभा सम्मान मा राजकुमार परियार, जुरि निर्णायक तर्फ बरिस्ठ गायक इन्द्र जि.सि, कला सम्मान तर्फ रामकृष्ण पाण्डे, शिव शर्मा, सन्तोष आचार्य, सुरज श्रेष्ठ , सरु गौतम, याम परियार शिव कार्यक्रम का ब्यबस्थापक सन्तोष शर्मा लगायत विभिन्न कलाकार ज्यु हरु सम्मानित हुनु भएको थियो ।

अवार्ड तर्फ
राष्ट्रिय भावना का गित, लोक भजन, लोक दोहोरी गित, एकल लोक गित, चार्ड पर्व गित, कौडा, सालैजो, रत्यौली, मौलिक गित, आधुनिक गित, लोक पप, प्रत्यक्ष दोहोरी गित, प्रत्योगी कलाकार, स्टेज प्रफमर, टेलिसिरियल, भाषा भाषी गित, जनचेतनामूलक फिल्म अन्य बिदा बाट गरि ६५ जना कलाकार हरु पुरस्कृत हुनु भएको थियो। कार्यक्रम संयोजक शिव शर्मा ज्यु ले स्वागत मन्तब्य राख्नु भएको थियो। र कार्यक्रम उध्घोषण अनिल अघात ज्यु ले गर्नु भएको थियो । विभिन्न संघ सस्थाका उत्कृष्ट ब्याक्तित्व हरुको आतिथ्यमा बाक्लो उपस्थिति थियो । बरिस्ठ कलाकार भजनसम्राट रेशम सापकोटा को बेजोड प्रस्तुती का साथ कार्यक्रम को मावल सङ्गितमय बनेको थियो अवार्ड बितरण का क्रममा बिशिस्ट अतिथी जिल्ला प्रमुख अधिकारी नेत्र प्रसाद सुवेदी ज्यु लगायत सम्मानित ब्याक्तित्व हरु मार्फत राष्ट्रिय भजन गित म्याग्दी जिल्ला को उदयमान कलाकार धुर्व जिसि ज्यु बाट अवार्ड ग्रहण वितरण सुरुवात गरिएको थियो।
धौलागिरी राष्ट्रिय संगीत तथा फिल्म अवार्ड २०८१ का प्रमुख अतिथी माननिय ज्यु ले कलाकार हरु लाई भगवान ले दिएको बरदान हो कला र गला यसको सदुपयोग गर्नु पर्छ र कलाकार हरु ले माया प्रीती का गित मात्रै गाउदैनन देश समाज र परिवर्तन का लागि पनि गित गाउने गर्छन कला र सस्कृतिको संरक्षण गर्छ भने त्यो कलाकार ले मात्रै गर्छन कलाकार हरुमा तेस्तो सस्कार हुन्छ जो कोहि मा पाउन सकिँदैन तेसैले कलाकार देश का गहना मात्रै नभएर देश का बिशेष अंग हुन र यी अंग र गहना हरु लाई राज्यले संरक्षण गर्नु पर्ने बताउनु भएको छ ।
गण्डकी प्रदेश को साविक धौलागिरी अञ्चल लोक सस्कृती ले भरिपुर्ण अझै भन्नू पर्दा नेपालकै मिनि नेपाल बाग्लुङ मा पहिलो पटक श्र्ष्ठा सम्मान तथा म्युजिक अवार्ड कार्यक्रम भैरहेको छ यो त धौलागिरी बासी का लागि मात्रै नभै सिङ्गो गण्डकी प्रदेश को लागि गर्व को कुरा हो दशक सम्मान तथा अवार्ड कार्यक्रम हरु गर्नाले अग्रज लाई सम्मान र नव कलाकार लाई हौसला र उर्जा थपिन सहयोग हुने हुनाले यस्ता कार्यक्रम हरु गरि रहन महत्त्वपूर्ण भएको बताउदै कार्यक्रम गर्ने आयोजक सस्था र सस्थाका अध्यक्ष गण्डकी प्रदेश कै एक महान चेली आशा गौतम ज्यु लाई धन्यवाद साथै आगामी दिन हरु मा अझै यस्तै अभियान का लागि शुभकामना दिनु भएको थियो ।

कलाकर्मी र सञ्चारकर्मी हरु का हक र हित का काम हरु गर्दै आज फेरि मौलिक सस्कृती लाई जगेर्ना गर्दै कलाकार/पत्रकार अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन भन्ने अभियान का साथ अगाडि बढनु भएका र कलाकार हरु को मन मुटुमा बस्न सफल ब्यक्ती गण्डकि प्रदेश कै एक निडर र शाहसी चेली जो ब्यक्ती धौलागिरी कै पहिलो चेली हुन। सम्पुर्ण बिदा का कलाकार पत्रकार हरु को कला र क्षमता लाई न्याय दिन को लागी सदैब लाग्ने छु भन्दै आयोजक उपमा सञ्चार प्रा.लि धौलागिरी राष्ट्रिय सङ्गीत तथा फिल्म अवार्ड २०८१/ धौलागिरी राष्ट्रिय दशक सम्मान का अध्यक्ष आशा गौतम ले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे