महिलाहरुलाई सबै क्षेत्रमा आत्मनिर्भरता बनाउन आवश्यक छ : मुख्यमन्त्री महरा



महिलाहरुलाई सबै क्षेत्रमा आत्मनिर्भरता बनाउन आवश्यक छ : मुख्यमन्त्री महरा

भालुवाङ १३ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले महिला सशक्तीकरणका लागि राष्ट्रिय महिला आयोगलाई सक्रियतापूर्वक काम गर्नका लागि आग्रह गर्नु भएको छ । राष्ट्रिय महिला आयोगले बुधबार राजधानीस्थल राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको महिला अधिकारका लागि निर्माण भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन प्रतिबद्धताको कार्यान्वयन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले महिला पहिला आत्मनिर्भरता, अधिकारको स्तम्ब हुनुपर्ने बताउदै महिला सबलीकरणका लागि आर्थिक रुपमा सम्पन्नता नहुँदा सम्म अधिकारको प्रत्याभूित नहुने बताउनुभयो । मुख्यमन्त्री महराले भन्नुभयो “अब महिला आर्थिक रुपमा सबल बन्न जरुरी छ, यदि यसो भयो भने मात्र सबै क्षेत्रको नेतृत्व गर्न सक्छन् ।” उहाँले भन्नुभयो “लुम्बिनी प्रदेश महिलाका बिषयमा संबेदनसिल छ । प्रदेशलाई महिलामैत्री प्रदेश बनाउन प्रदेशका सबै मन्त्रालयका सचिवलाई आग्रह गर्दछु ।”

मुख्यमन्त्री महराले नेपालमा विभिन्न आन्दोलन तथा जनयुद्धले सवै क्षेत्रमा जागरुकता ल्याएको छ । महिलालाई सवै क्षेत्रमा सक्षम बनाउनका लागि राष्ट्रिय महिला आयोगले भूमिका खुल्न जरुरी छ । नेपालमा अहिले महिलाहरू घरयासी कामकाजमा बढी व्यस्त भएको देखिन्छ । उनीहरुलाई सम्पत्तिमा पनि समान वितरणको अवसर प्रदान गर्न सहजीकरण गर्न जरुरी छ मुख्यमन्त्री महराले भन्नुभयो ।

आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै मुख्यमन्त्री महराले अन्तरक्रिया गरेर, सुझाव लिएर, संघीय सरकारलाई नीति नियम निर्माणमा सहयोग पुराउनु पर्दछ । महिलाहरूलाई सवै क्षेत्रमा सशक्तीकरण बनाउनका लागि प्रभावकारी भूमिका खेल्न सवैले सहयोग गर्न जरुरी रहेको बताउनुभयो ।

पछिल्लो समय नेपालमा महिलाहरू राजनीति र विचारमा अगाडि आएका बताउँदै मुख्यमन्त्री महराले उनीहरुलाई आर्थिक आय आर्जनमा पनि सहयोग पुराउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा महिलालाई सशक्तीकरण गर्नका लागि प्रदेश सरकारले थालनी गरेको मुख्यमन्त्री महराले बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको काबा सचिव महादेव पन्तले लुम्बिनी प्रदेशका महिलालाई उद्द्मशिलतामा जोड्दै सन २०३० सम्म बालबिबाह अन्त्य गर्ने र सबै खाले हिसामुक्त प्रदेश बनाउने रणनीतिका साथ कार्यक्रम ल्याएको बताउनुभयो ।

उहाँले जोखिममा रहेका समुदाय, बर्गलाइ प्राथमिकता दिएको बताउनुयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लालबहादुर कवारी र सामाजिक बिकास मन्त्रालयका सचिब बिनोदकुमार पोख्रेलले मन्त्रालयवाट महिलाको क्षेत्र भएका कार्यहरुको बिषयमा जानकारी गराउनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिब टेकनाथ पन्थीलेले महिला अधिकार सम्बन्धी बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको सहजीकरण गराउदै, मन्त्रालयले लुम्बिनी महिलाको सबलीकरण गर्न ल्याएको भाबी कार्यक्रमका बिषयमा जानकारी गराउनु भएको थियो ।

सो अवसरमा बोल्दै राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले समाजमा अहिले पनि महिला पुरुष बीच ठुलो विभेद भएको भन्दै त्यसको न्यूनिकरणका लागि जनप्रतिनिधिहरू सँग राष्ट्रिय महिला आयोगले सहकार्य गरेर काम गरिरहेको जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सबै मन्त्रालय सचिब ,अन्य कर्मचारी र महिला अधिकारकर्मीहरुको सहभागी रहेको थियो । कार्यक्रमको सञ्चालन आयोगकी सीता अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे