LISTEN LIVE RADIO

देउखुरीको राप्तीमा एमालेप्रति ब्यापक जनलहर, एकैदिन सयौँ नेता कार्यकर्ता एमालेमा प्रवेश



देउखुरीको राप्तीमा एमालेप्रति ब्यापक जनलहर, एकैदिन सयौँ नेता कार्यकर्ता एमालेमा प्रवेश

भालुवाङ २७ कार्तिक । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचिनको मिति नजिकिदै गर्दा यति बेला दाङ—देउखुरीको राप्ती गाउँपालिका सहित देशभर एमालेप्रति आकर्षण बढेको छ ।

चुनावीसभा होस् या समान्य घरदैलो नै किन नहोस् जताततै एमाले प्रति आकर्षण बढेको देख्न सकिन्छ । यति बेला दैनिक जसो काँग्रेस, माओवादी र एकिकृत समाजवादी परित्याग गरी सयौँ कार्यकर्ताहरु एमालेमा प्रबेश गरिरहेका छन् । पार्टीका ठुला तथा साना नेताहरुलाई पार्टी प्रबेश गराउन भ्याइनभ्याई छ ।

यस्तै एमाले प्रतिको आकर्षण यतिबेला देउखुरीको राप्ती गाउँपालिकामा पनि देखिएको छ । पार्टीले राप्ती गाउँपालिकाका विभिन्न ठाउँमा आयोजना गरेको चुनावीसभाहरुमा अन्य पार्टी परित्याग गरी एमालेमा प्रबेश गर्नेहरुको लहर नै चलेको छ ।

पार्टीले वडा तथा टोल स्तरमा आयोजना गरेका चुनावीसभाहरुमा समेत पार्टी प्रबेशको लहर बढेको पाइन्छ । जसको फलस्वरुप राप्ती गाउँपालिका पछिल्लो समय नेकपा एमालेको आधार इलाका बन्ने प्राय निश्चत नै देखिन्छ ।

गत स्थानीयतहको निर्वाचनमा एमालले राप्ती गाउँपालिकाको उपाध्यक्ष सहित चार वटा वडामा प्यानल सहित बिजय भएको थियो भने २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक लालमटिया र सिसहनियाँ गाविसको अध्यक्ष, उपाध्यक्ष र सबै वडा अध्यक्ष सहित नै बिजय हासिल गरेको थियो ।

हाल साविकको सिसहनियाँ र लालमटिया गाविस सिङ्गो राप्ती गाउँपालिकामा पर्दछ । यसरी हेर्दा नेकपा एमालेले २०५४ साल कै बिरासत फर्काउने गरी यति बेला जनलहर बढेको देख्न सकिन्छ ।

 

यसैबीच नेकपा एमालेले आज राप्ती गाउँपालिकाको तीन ठाउँमा छुट्टाछुट्टै आयोजना गरेका चुनावीसभाहरु मध्ये दुई वटा चुनावीसभामा विभिन्न पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

पार्टीले राप्ती गाउँपालिका वार्ड नम्बर २ लालमटिया स्थित भण्डारी टोल र वार्ड नम्बर ८ को पिपरामा आयोजना गरेको चुनावीसभामा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका हुन् ।

 

 

जस अन्र्तगत वार्ड नम्बर २ लालमटिया स्थीत भण्डारी टोलमा आयोजना गरिएको चुनावीसभामा माओवादीका सक्रिय सदस्य केशब भण्डारीको नेतृत्वमा दुई दर्जन बढी माओवादीका नेता, कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका छन् ।

पार्टीका वडा कमिटी अध्यक्ष हिमानन्द पाण्डेको अध्यक्षता एवम् प्रदेशसभा १(१) उम्मेदवार गंगाराम भट्टराईको प्रमुख आतिथ्यमा भएको चुनावीसभा तथा पार्टी प्रवेशमा नयाँ प्रबेशीहरुलाई पार्टीका प्रमुख नेता तथा उम्मेदवारले टिका र माला लगाएर स्वागत गरेका थिए ।

 

साथै नवप्रबेशीहरुलाई पार्टीले उचित जिम्मेवारी समेत प्रदान पार्टीका प्रदेश कमिटी सदस्य जगतप्रसाद पोख्रेलले जानकारी दिए । उक्त कार्यक्रमको सञ्चालन पार्टीका युवा नेता जगत खनालले गरेका थिए ।

यस्तै वार्ड नम्बर ८ पिपरामा आयोजना गरिएको चुनावीसभा तथा पार्टी प्रबेश कार्यक्रममा बिनोद चौधरी, पिन्टु चौधरी र नबिन चौधरीको नेतृत्वमा माओवादी र एकिकृत समाजवादी परित्याग गरी सयौँ नेता, कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका छन् ।

 

८ नम्बर वडा कमिटी अध्यक्ष पुरन चौधरीको अध्यक्षता एवम् प्रदेशसभा १(१) उम्मेदवार गंगाराम भट्टराईको प्रमुख आतिथ्यमा भएको चुनावीसभा तथा पार्टी प्रवेशमा नयाँ प्रबेशीहरुलाई पार्टीका प्रमुख नेता तथा उम्मेदवारले टिका र माला लगाएर स्वागत गरेका थिए ।

साथै नवप्रबेशीहरुलाई पार्टीले उचित जिम्मेवारी समेत प्रदान पार्टीका गाउँपालिका इन्चार्ज हरि बेल्बासेले जानकारी दिए । उक्त कार्यक्रमको सञ्चालन पार्टीका ७ नम्बर वडा इन्चार्ज तथा युवा नेता यम चौधरीले गरेका थिए ।

 

यता तीन वटै चुनावीसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदका उम्मेदवार गंगाराम भट्टराईले देशको परिवर्तन र विकास गर्ने पार्टी भनेको एमाले नै भएकोले एमालेका उम्मेदवारलाई जिताउन सुर्यमा मतदान गर्न आग्रह गरे ।

उनले आफू निर्वाचित भए समय तालिका नै बनाएर सके १५/१५ दिन नभए एक/एक महिनामा आफ्नो निर्वाचन क्षेत्रका जनता संग भेटघाट गर्ने र जनताका समस्याहरुलाई समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए ।

साथै ती चुनाबी सभाहरुमा नेकपा एमालेका प्रदेश कमिटी सदस्यद्धय जगतप्रसाद पोख्रेल र बुद्धिप्रकाश चौधरीले समेत सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे