LISTEN LIVE RADIO

हिमाञ्चल प्रदेशको मुख्यमन्त्रीमा सुखविन्दर सिंह सुखु चयन



नयाँ दिल्ली । भारतको हिमाञ्चल प्रदेशको मुख्यमन्त्रीमा सुखविन्दर सिंह सुखु चयन भएका छन् । हिजो बेलुकी बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गरेसँगै सुखु मुख्यमन्त्री बन्ने करिब पक्का भएको बीबीसी हिन्दीले जनाएको छ ।

यस्तै मुकेश अग्निहोत्री उपमुख्यमन्त्री बन्ने छन् । उनीहरुले आज पदको शपथ लिनुहुने कांग्रेस नेता राजीव शुक्लाले जानकारी दिए ।६८ सदस्यीय विधान सभा रहेको हिमाञ्चलमा कांग्रेसले ४०, भारतीय जनता पार्टीले २५ र स्वतन्त्र उम्मेदवारले तीन सिट जितेका छन् ।

हिमाञ्चलमा कांग्रेसको बहुमतसहित एकल सरकार बन्नेछ । संसदीय दलको नेतामा चयन भएपछि सुखुले हिमाञ्चलका नागरिकसँग गरेका वाचा कार्यान्वयन गर्ने जिम्मेवारी प्राप्त भएको भन्दै चुनावमा गरिएका वाचा अक्षरस कार्यान्वयन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे