रामजहदी सामुदायिक वन क्षेत्रबाट जंगली चित्तलको उद्वार



रामजहदी सामुदायिक वन क्षेत्रबाट जंगली चित्तलको उद्वार

भालुवाङ १२ असार । दाङको राप्ती गाउँपालिका १ पाखापानीस्थित रामजहदी सामुदायिक वन क्षेत्रबाट बिच्किएर पाखापानी गाउँमा पसेको चित्तलको उद्धार गरिएको छ ।

बुधबारका दिन कुकुरले लखेटिरहेको अवस्थामा स्थानीयको घरभित्र पसेपछि स्थानीयको सहयोगबाट चित्तललाई उद्धार गरिएको हो । अन्दाजी ५५ किलो तौल भएको उक्त चित्तलको उचाइ अढाई फुट र लम्बाइ पाँच फुट रहेको छ। रातो भुईमा सेतो खुट्टा भएको अत्यन्त राम्रो लोक उन्मुख वन्यजन्तु बालीको खोजीमा दक्षिणतर्फ रहेको राप्ती नदीतर्फ आउने क्रममा कुकुरको झम्टाईले सङ्कटमा परेको थियो । स्थानीय उपभोक्ताहररू, इप्रका भालुबाङका प्रहरीहरू र सशस्त्र प्रहरीहरूको अथक प्रयास र डिभिजन वन कार्यालय लमही देउखुरी दाङबाट खटी आउनुभएका सबडिभिजन वन कार्यालय मसुरिया राप्ती दाङका वन अधिकृत बिनोदकुमार शाह नेतृत्वको वन प्राबिधिकहरू र रामजहदी समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिल्लीराज सुवेदी नेतृत्वको टोलीले उक्त जोखिममा परेको चित्तललाई उद्धार गरिएको थियो।

उक्त चित्तललाई पछाडि दायाँ खुट्टा खोर माथिबाट भाँचिएकोले अत्याधिक रक्तश्राप भएको थियो । साथै भाग दौड गर्दा शरीरका विभिन्न भागमा चोट लागेको थियो। घाइते चित्तललाई वन्यजन्तु उद्धारखोरमा राखेर राप्ती गाउँपालिका कार्यालय मसुरिया पुर्याइ पशु स्वास्थ्य चिकित्सकहरूबाट प्राथमिक उपचार गरी डिभिजन वन कार्यालय लमही देउखुरी दाङको सल्लाह बामोजिम रामजहदी समुदाय वन उपभोक्ता समितिको कार्यालय पुलचोकस्थित हरित पार्कमा सुरक्षित राखी उपचार भइरहेको र उक्त चित्तलको अवस्था अहिले सामान्य रहेको जानकारीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे