भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले आज शपथ लिँदै



भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले आज शपथ लिँदै

भारत ९ साउन । भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले आज सर्वोच्च संवैधानिक पदको शपथ लिँदै छिन् । उनी आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला बनेकी हुन् । भारतको केन्द्रीय गृह मन्त्रालयले शपथ ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार बिहान सवा १० बजे हुने जनाएको छ ।

शपथ पछि मुर्मूलाई २१ तोपको सलामी दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि उनले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ । उनले आजै पदभार ग्रहण गर्ने पनि खबरमा उल्लेख गरिएको छ । सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् ।

सन् १९५८ को जुन २० तारिखमा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा जन्मिएकी उनी झारखण्डको अल्पसङ्ख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्छन् । उनले सन् २०१५ देखि सन् २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे