भालुवाङ प्रहरीले गर्‍यो पुण्य काम, बेवारिसे वृद्धको उद्धार



भालुवाङ प्रहरीले गर्‍यो पुण्य काम, बेवारिसे वृद्धको उद्धार

भालुवाङ ८ साउन । इलाका प्रहरी कार्यालय भालुवाङ दाङले एक बेबारिसे वृद्धलाई फेला पारि उद्धार गरेको छ ।

दाङको धर्ना घर बताउने ६०/६५ वर्षका लालबहादुर पण्डित नाम गरेका ती वृद्धलाई आइतबार राप्ती गाउँपालिका वडा नं.१ स्थित राप्ती सामुदायिक वनको जिम्मर खोलामा बेबारिसे अवस्थामा बसिरहेका बेला प्रहरीले उद्वार गरेको हो ।

ती वृद्धले हार गुहार गरि सहयोग मागेको भनि स्थानीयले इलाका प्रहरी कार्यालय भालुवाङमा जानकारी गराए पश्चात तत्काल प्रहरी टोली खटि ती वृद्धको उद्धार गरि आइतवार नै राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमको जिम्मा लगाइएको कार्यालय प्रमुख प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे