LISTEN LIVE RADIO

इंग्ल्याण्ड विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ६६ रनले विजयी



इंग्ल्याण्ड विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ६६ रनले विजयी

काठमाण्डाै ११ चैत्र । इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ६६ रनले विजयी भएको छ । पुनेमा तीन सय १८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ५० ओभरको खेल सकिँदा २ दसय ५१ रन मात्रै  बनाउन सक्यो ।

भारतले ५० ओभरको खेलमा ५ विकेट गुमाउँदै ३ सय १७ रन बनाएर इंग्ल्याण्डलाई ३ सय १८ रनको लक्ष दिएको थियो । भारतका लागि शिखर धवनले सर्वाधिक ९८ रन बनाएका थिए । यस्तै इंग्ल्याण्डका लागि जोनी बायरस्टोले सबैभन्दा धेरै ९४ रन बनाएका थिए । यी दुई देशबीच तीन वटा एकदिवसीय खेल हुँदैछन् । यसअघि भएको टेष्ट र टी–ट्वेन्टी शृङ्खला पनि भारतले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे