त्रिदेशीय फुटबल प्रतियाेगितामा नेपालकाे कप्तानी किरण चेम्जाेङले गर्ने



त्रिदेशीय फुटबल प्रतियाेगितामा नेपालकाे कप्तानी किरण चेम्जाेङले गर्ने

काठमाण्डाै ९ चैत । त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपालको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । मङ्गलवार (भोलि) देखि सुरु हुने प्रतियोगिताको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको कप्तानी किरणले गर्ने र आई लिग खेल्न भारत गएका उनी साेमवार नै नेपाल आइपुग्ने जानकारी दिए ।

मुख्य प्रशिक्षक महर्जनले नेपाली टोलीको तयारी राम्रो भएकाले नतिजा पनि सुखद नै आउने अपेक्षा रहेको बताए । नेपाली टोलीमा चोटको समस्या नरहेको र लामो समयदेखिको अभ्यासका कारण राम्रो प्रदर्शनकाे अपेक्षा गर्न सकिने महर्जनको भनाइ छ । पत्रकार सम्मेलनमा उपकप्तान रोहित चन्दले घरेलु मैदानमा हुने खेललाई लिएर आफू उत्साहित रहेको बताएका छन् ।

नेपाल, बङ्गलादेश र किर्गिस्तानबीचको त्रिदेशीय प्रतियोगिता मङ्गलवारदेखि सुरु हुँदैछ । पहिलो खेलमा मङ्गलवार बङ्गलादेश र किर्गिस्तानले खेल्दैछन् । नेपालले आफ्नो पहिलो खेल १२ गते बिहीवार बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे