रोल्पा-दाङ सम्पर्क समिति गठन



रोल्पा-दाङ सम्पर्क समिति गठन

दाङ ९ चैत । रोल्पामा जन्मिएर दाङलाई कर्मथलो बनाइ रहेका नेपाली कांग्रेस समर्थित रोल्पालीहरुको भेलाले रोल्पा-दाङ सम्पर्क समिति गठन गरेको छ । आइतबार नेपाली कांग्रेस दाङ पार्टी कार्यालय घोराहीमा भएको भेलाले धन बहादुर रसाइलीको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

नेपाली कांग्रेस रोल्पाका सभापति अमर सिंह पुनमगरको सभापतित्व एवं पुर्व सिचाइ मन्त्री दिपक गिरीको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाबाट गठित नयाँ समितिको उपाध्यक्षमा डिलाराम वली र लिलाराम खड्का सचिवमा नवीन पुन र कोषाध्यक्षमा प्रेरणा भण्डारी, सहसचिवमा अमृता केसी, सुन्दर बस्नेत र चन्द्र बहादुर केसी, सदस्यहरुमा पुर्ण बहादुर घर्ती, चन्द्रकला डाँगी, सपना भण्डारी, चित्रलाल पुन, थानेस्वर बुढा, मान बहादुर बुढा, वसन्त बि.क, कृष्ण बि.क, मित्रलाल घर्ती, बालकृष्ण शर्मा र रणबिर महर रहेका छन् ।

नवनिर्वाचित नयाँ समितिलाई बधाई तथा शुभकामना दिदै कार्यक्रमका सभापति पुनले समितिले रोल्पाबाट दाङमा आएर कर्म गर्दा आउने बाधाव्यव्धान तथा अन्य समस्यामा सहयोगिको भुमिका खेल्दै सुख–दुखमा साथ दिने बताए । नेपाली कांग्रेस रोल्पाका सल्लाहकार टेक बहादुर बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रुन्टिगढीका सभापति जनक पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे