देउखुरीको लालमटियामा दोस्रो स्व. किशोर पुन (बने दाई) फुटबल प्रतियोगिता सुरू



देउखुरीको लालमटियामा दोस्रो स्व. किशोर पुन (बने दाई) फुटबल प्रतियोगिता सुरू

भालुवाङ १ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा शनिवार देखि दोस्रो स्व. किशोर पुन (बने दाई) स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ ।युनाइटेड लालमटिया युथ क्लवको आयोजनामा स्व. किशोर पुन( बने दाइ) को स्मृतिमा दोस्रो स्मृति कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरू भएको हो । क्लवका अध्यक्ष पुर्णबहादुर बरालको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा भएको खेल उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि घर्ती मगरले स्वास्थ्यका लागि खेलकुद पनि आवश्यक रहेको बताएका थिए । १२ समुह समावेश रहेको रनिङ शिल्डको उद्घाटन खेलमा लापे फुटवल क्लव र यु.एल.एफ.सी लालमटियाका बिच भएको थियो । उत्त खेलमा यु.एल.एफ.सी लालमटियाले शुन्यका बिरुद्ध २ गोल गर्दै क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

प्रतियोगिताको प्रथम हुने पुरुष समुहलाई ५५ हजार ५५ र दितिय हुने टिमलाई २६ हजार ५ सय ५५ का साथै कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने महिला तर्फ प्रथम हुने टिमलाई ७ हजार र दितिय हुने टिमलाई ३ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने युनाइटेड लालमटिया फुटबल क्लवका सचिव अनिल पौडेलले बताए । पहिलो रनिङ शिल्ड यु.एल.एफ.सी लालमटियाले उचालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे