२४ घण्टामा १५० जनामा काेराेना सङ्क्रमण, ३ जनाकाे ज्यान गयाे



२४ घण्टामा १५० जनामा काेराेना सङ्क्रमण, ३ जनाकाे ज्यान गयाे

काठमाण्डाै ९ चैत । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

साेमवार थपिएकासहित नेपालमा अहिलेसम्म दुई लाख ७६ हजार ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा ९९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार २० पुगेको छ । अहिले नेपालमा एक हजार १७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  यस्तै थप तीन जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे