दाङकाे घोराहीमा चौथो बास्केटबल प्रतियोगिता हुने



दाङकाे घोराहीमा चौथो बास्केटबल प्रतियोगिता हुने

घोराही ९ भदौ । घोराही घोराहीमा अन्तरविद्यालय स्तरिय बास्केटबल प्रतियोगिता हुने भएको छ । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भदौ १७ गतेदेखि २० गतेसम्म चौथो बास्केटबल प्रतियोगीता हुने भएको हो ।

बास्केटबल खेलको विकास गर्दै विद्यार्थीहरुको उत्साहलाई बढवा दिने र उनीहरुको क्षमता प्रदर्शनको लागि उत्कृष्ट अवसर प्रदान गर्ने उद्धेश्यका साथ प्रतियोगीताको आयोजना गरिएको खेलसंयोजक भुगाेल कवर मगरले बताउनुभयो ।

साथै गुरुकुल एकेडेमीले बिगत ४ बर्ष देखि बास्केटबल प्रतियाेगिता गर्दै आएकाे हुदा ओझेलमा परेकाे बास्केटबल खेललाई घाेराही उपमहानगरले समेत बढवा दिदै नगर स्तरिय बास्केटबल प्रतियाेगिताकाे आयाेजना गरिएकाे थियाे ।

यस्तै अन्य विद्यालयले पनि यसरी बास्केटबल प्रतियाेगिता गर्दै जाने हाे भने माेफसलबाट पनि राष्ट्रिय स्तरका बास्केटबल खेलाडी उत्पादन गर्न सकिने प्रतियाेगिताका संयाेजक कँवरले जानकारी दिनुभयाे ।

घोराहीमा हुने उक्त प्रतियोगीतामा जिल्लाभित्रका मावितहका विद्यालयहरुका लागि भदौ १५ गतेसम्म टिम दर्ताको समय कायम गरिएको उहाँको भनाई छ । प्रतियोगितामा सहभागी भएर पहलाे ,दाेस्राे र तेस्राे स्थानहाँसिल गर्ने टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

यस्तै प्रतियोगिता सहभागी उत्कृष्ट र राईजिङ खेलाडीलाई पनि ट्रफी, र प्रमाण-पत्र प्रदान गर्ने आयोजकले जनाएको छ । यस आयोजक संस्था गुरुकुल एकेडेमीले वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष बास्केटबल प्रतियोगिता आयोजना गर्दैै आइरहेको छ ।

गत बर्ष ७ वटा समुहलाई प्रतियाेगितामा समावेश गरिएकाेमा यस पटक १० वटा समुहलाई समेटेर प्रतियाेगिता संचालन गरिने पनि आयाेजकले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे