LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाकाे ३ नम्बर वडामा खेलकुद प्रतियोगिता सुरु



राप्ती गाउँपालिकाकाे ३ नम्बर वडामा खेलकुद प्रतियोगिता सुरु
भालुवाङ १२ फागुन । राप्ती गाउँपालिका वडा नम्बर ३ मा खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा अध्यक्ष चन्दर चौधरीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रम वडा नम्बर ३ को यस आर्थिक वर्षको कार्यक्रम अन्तरगत फुटवल, क्रिकेट र ब्याडमिन्टन प्रतियोगिताको बुधवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले उद्घाटन गरेका छन् ।
खुरुरिया, बागढड्डी, बसन्तापुर, आर्दश टोल, आचार्य टोल, बड्का टोल, छुट्की टोल, उत्तर मसुरीया, नयाँबस्ती, पैसट्ठी नम्वर, गाउँटोल रहेको वडा नम्बर ३ मा खेलकुद प्रतियोगितामा ४ समुह विच फुटवल, ४ समुह विच क्रिकेट र ९ समुह विच ब्याडमिन्टन प्रतियोगिता हुने वडा सचिव दामोदर पोख्रेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे