LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा भूमिहीन दलित सुकुम्वासी र अब्यवस्थित बसोबास बारे छलफल



राप्ती गाउँपालिकामा भूमिहीन दलित सुकुम्वासी र अब्यवस्थित बसोबास बारे छलफल
भालुवाङ १२ फागुन । राप्ती गाउँपालिकामा भूमिहीन दलित सुकुम्बासी र अव्यस्थित बसोबासको स्थानीय तहबाट लगत संकलन सम्वन्धी कार्यविधि २०७७ को सन्दर्भमा छलफल गरिएको छ ।
गाउँपालिका अ्रध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको छलफलमा वडा अध्यक्षहरु तथा भूमि सम्वन्धी समस्या समाधान आयोगका प्रतिनिधि विच छलफल भएको हो ।
राप्ती गाउँपालिकामा १३ गते राप्ती गाउँपालिकामा भूमिहीन दलित सुकुम्वासी र अब्यवस्थित बसोबासका बारेमा हुने प्रदेश स्तरिय अभिमुखी कार्यक्रमको तयारी साथै हुने प्रदेश स्तरिय सहजिकरण समिति गठन सम्वन्धमा छलफल गरिएको छ ।
छलफलमा भूमिहीन दलित सुकुम्वासी र अब्यवस्थित बसोबासको स्थानीय तहबाट लगत संकलन सम्वन्धि कार्यविधि २०७७ मा उल्लेख गरिएका विषयबस्तु माथि भूमि सम्वन्धी समस्या समाधान आयोगका प्रतिनिधि विज्ञ जगत देउजा र रेमन्त चौधरीले प्रकाश पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे