LISTEN LIVE RADIO

जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता हुने



जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता हुने

तुलसीपुर ८ माघ । दाङ तुलसीपुरको बालापुरमा जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशी को खुला भलिबल प्रतियोगिता २०७७ हुने भएको छ । सक्सेस फुटबल क्लब तुलसिपुर दाङको आयोजनामा तथा तुलसिपुर उपमहानगरपालिका वडा न २ र दङ्गीशरण गाउँपालिका वडा न. ५ को संयुक्त तत्तवधानमा संचालन गरिन लागेको हो । प्रतियोगिता यहि माघ २२ गतेदेखि सुरु हुुनेछ ।

स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा झण्डै १८ बढी टिमको सहभागिता रहने प्रतियोगिता संचालन मुल समिती का संयोजक ढुण्डी राज न्यौपाने ले जानकारी दिए ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसिपुर २ मा अबस्थित मा.बि. बालापुर खेल मैदानमा प्रतियोगिता संचालन गरिने भएको छ । प्रतियोगिता को बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ७५,५० र ३० हजार तथा कप,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष सुरज ओलिले जानकारी दिए ।

यसैविच आयोजक ले यतिबेला प्रतियोगिताको तयारी लाई तिब्र पारेको छ । उसले टिम दर्ता,प्रचारप्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान निर्माण लगाएत का पक्षमा तिब्रता दिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे