LISTEN LIVE RADIO

रवि लामिछानेले गरे न्युज २४ छोड्ने घोषणा



रवि लामिछानेले गरे न्युज २४ छोड्ने घोषणा

काठमाण्डाैँ  ८ माघ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन् । चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का सञ्चालक लामिछानले बुधबार साँझ सामाजिक सञ्जालमार्फत (बिहीबार) आज प्रसारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनबाट बिदा हुने घोषणा गरेका हुन् ।

जनताको चासो र गुनासोलाई प्रमुख प्राथमिकताका साथ प्रस्तुत गर्ने रविले किन छोड्दै होलान् भन्ने विषले आमरुपमा चासो भएपनि त्यस बारेमा उनले केही बोलेका छैनन् । उनले ट्वीटरमा भनेका छन्, ‘२४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछु‘।’ उनले सुखद सहयात्रामा साथ दिने सम्पूर्ण न्यूज २४ टेलिभिजनको परिवारप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे