LISTEN LIVE RADIO

घोराहीमा जारी मेयर कप फुटवलमा वडा नम्बर १ र १० विजयी



घोराहीमा जारी मेयर कप फुटवलमा वडा नम्बर १ र १० विजयी

घोराही ५ माघ । घोराहीमा जारी चौथो मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगितामा सोमबार घोराही उपमहानगरपालिका वडा नम्बर १० र वडा नम्बर १ का खेलाडी विजयी भएका छन् । नवलपुर खेल मैदानमा भएको पहिलो खेलमा वडा नम्बर १० ले वडा नम्बर १७ लाखई २ गोलका विरुद्ध ४ गोलले पराजित गरेको हो । निर्धारीत ९० मिनेटमा समान २/२ गोल गरेपछि भएको पेनाल्टी सुटआउटमा वडा नम्बर १७ लाई वडा नम्बर १० ले २ गोलका विरुद्ध ४ गोलले पराजित गरेको हो ।

९० मिनेटको खेलमा वडा नम्बर १७ का तिलक घर्ती र विक्रम विकले एक एक तथा वडा नम्बर १० का रमेश पुनले २ गोल गर्नुभएको थियो । पछि पेनाल्टी सुटआउटमा वडा नम्बर १७ का सुमन योगी र तिलक घर्तीले एक एक गोल गर्नुभयो भने वडा नम्बर १० का विनायक विक, रमेश पुन, आर्यन बस्नेत र भुवन वलीले एक एक गोल गरि टिमलाई विजयी गराउनुभएको खेल व्यवस्थापक दिपक पुनले जानकारी दिएका छन ।

त्यसैगरी, दोस्रो खेलमा वडा नम्बर १ ले वडा नम्बर ८ का खेलाडीलाई शून्यका विरुद्ध ८ गोलले पराजित गरेको हो । वडा नम्बर ८ का सुमन डाँगीले ४, हेमकुमार तिवारीले २, प्रकाश विसी र सुदन दमाईले एक एक गोल गरेका थिए । मंगलबार पनि दुई खेलहरु हुने छन् । मध्यान्न १२ बजे वडा नम्बर ७ र ९ का खेलाडी विच प्रतिस्पर्धा हुने छ भने दिउँसो २ बजे वडा नम्बर १५ र ५ का खेलाडी विच प्रतिस्पर्धा हुने छ । घोराही उपमहानगरपालिकाको आयोजनामा हिजो देखी नवलपुर खेल मैदानमा चौथो मेयरकप रनिङ फुटवल प्रतियोगिता सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे