LISTEN LIVE RADIO

काँग्रेसको उद्योग विभागमा दाङका टेकनप्रसाद बस्नेत (हिमाल) मनोनित



काँग्रेसको उद्योग विभागमा दाङका टेकनप्रसाद बस्नेत (हिमाल)  मनोनित

तुलसीपुर ५ माघ । तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष टेकनप्रसाद बस्नेत (हिमाल) लाई नेपाली काँग्रेसले उद्योग तथा व्यापार विभागको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको छ । काँग्रेसका उद्योग तथा व्यापार विभाग प्रमुख चिनकाजी श्रेष्ठले बस्नेतलाई केन्द्रिय सदस्यमा मनोनित गरेको जानकारी दिए ।

‘पार्टीको केन्द्रीय उद्योग तथा व्यापार विभागका साथै समग्रमा नेपाली काँग्रेस पार्टीलाई थप सुदृढ एवं गतिशिल बनाउन तपाँईको महत्वपूर्ण भूमिका रहने छ,’ प्रमुख श्रेष्ठले जारी गरेको पत्रमा उल्लेख छ । बस्नेतका बुवा डिल्लीबहादुर बस्नेत तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष हुन ।

बस्नेतको परिवारले तुलसीपुर क्षेत्रका आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तुलसीपुरका प्रतिष्ठित व्यापारी बस्नेतको परिवार यस क्षेत्रको उद्योग र व्यापारमा लामो समयदेखि सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे