LISTEN LIVE RADIO

तुलसीपुरमा खुल्ला भलिबल प्रतियोगिता हुने



तुलसीपुरमा खुल्ला भलिबल प्रतियोगिता हुने

तुलसीपर ८ पुस । दाङको तुलसीपुरमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।स्वतन्त्र युवा क्लव तुलसीपुर–६ राजापुरको आयोजनामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।प्रतियोगीका लागि पुस २२ गतेसम्म टिम दर्ता गर्न पाउने व्यवस्था गरिएको छ । टिम दर्ता शुल्क पाँच हजार तोकिएको छ ।

प्रतियोगिताको उद्घाटन पुस २३ गते बिहान ११ बजेदेखि सुरु हुने तालिका सार्वजनिक गरिएको छ ।प्रतियोगिता अरणिको मैदानमा हुने भएको छ । उद्घाटनका दिन बिहान ८ बजेसम्म टिम क्याप्टेन वा टिम प्रतिनिधि मैदनमा उपस्थित हुनुपर्ने खेल संयोजक एचआर मगरले जानकारी दिए ।

विजेता समूहलाई नगद ५० हजार, ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लवले जानकारी दिएको छ ।त्यस्तै उपबिजेता समूहले नगद २५ हजार तथा ट्रफि,मेडल र प्रमाण पत्र र तृतिय हुने समूहले नगद १५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्न र आपसी भाईचारा कायम गर्ने उदेश्यका साथ आयोजना गरिएको क्लवका अध्यक्ष सन्दिप गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे