LISTEN LIVE RADIO

एकता समाजद्वारा असाहय परिवारलाइ सहयोग



एकता समाजद्वारा असाहय परिवारलाइ सहयोग

दाङ ८ पुस । दाङको तुलसीपुर-३ राम्रीका कतारमा मृत्यु भएका लोकबहादुर खड्काको ब्यबारिसे लास त्यहाँ भेटेपछि राष्ट्रिय जनमोर्चा निकट कतार नेपाली एकता समाजका केन्द्रिय सदस्यद्वय कमल आचार्य र बलदेब रानाको अगुवाइमा रकम संकलन गरी मृतक कि ८१ बर्षीय आमा र दुई साना बालकहरुलाइ रकम हस्तान्तरण भएको छ ।

२६ हजार आमाको हातमा परेको छ भने ७० हजार बच्चाहरुलाइ पछि पढनको लागि होस भनेर बैंक खातामा राखिएको छ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले उक्त कामको सहजीकरण गरेका थिए ।

उक्त रकम सहयोग गर्नेहरुमा खिमबहादुर कुमाल, डोलबहादुर कुमाल, प्रकाश कुमाल, तिलबहादुर कुमाल, कृष्णबहादुर घर्ती, बेलबहादुर गिरी, बसन्त थापा, रामप्रसाद खनाल, धनबहादुर तामाङ, सोभबहादुर कुमाल, केशब भण्डारी, भिमबहादुर नेपाली, भुपेन्द्र ढकाल, पुर्नभन्द्र गौतम, शेसकान्त आचार्य, हरमोनिया मोची, नरबहादुर तामाङ, नवीन लिम्बू, भरत तामाङ, पलिश खत्री र नयाराम चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे