LISTEN LIVE RADIO

राेनाल्डाेले मेसीलाई समर्थन गरेकाे भन्दै भाइरल फाेटाे गलत



राेनाल्डाेले मेसीलाई समर्थन गरेकाे भन्दै भाइरल फाेटाे गलत

कतारमा हालै सम्पन्न फुटबल विश्वकपका विषयमा सामाजिक सञ्जालमा विभिन्न मिथ्या र भ्रामक सामग्री फैलाइएका छन् । तीमध्ये पाेर्चुगलका खेलाडी क्रिस्टियानाे राेनाल्डाेले अर्जेन्टिनी खेलाडी लियाेनल मेसीकाे समर्थन गरेकाे भन्दै एउटा फाेटाे नेपाली सामाजिक सञ्जाल प्रयाेगकर्ताले भाइरल बनाएका छन् ।

‘जाेक्स नेपाल’ नामक फेसबुक पेजमा गत *पुस १ गते राेनाल्डाेले टेलिभिजन स्क्रिनमा देखिएका मेसीलाई समर्थन गरेकाे भन्दै फाेटाे र स्टाटस पाेस्ट गरेकाे थियाे । साे पाेस्ट उसले हटाएकाे छ [। राेनाल्डाेले आफ्नाे छाेराे र श्रीमती दुवै मेसीकाे फ्यान भएकाे र आफूले पनि फाइनलमा अर्जेन्टिनालाई समर्थन गर्ने अ‌ंग्रेजीमा लेखिएकाे स्टाटसमा उल्लेख छ । ट्वीटर र फेसबुकमा सेयर गरिएकाे उक्त पाेस्ट ‘थग लाइफ काठमाण्डु’ नामक फेसबुक पेजमा पनि भेटिएकाे छ  ।

फेसबुकमा हालै भाइरल फाेटाे र राेनाल्डाेले इन्स्टाग्राममा २ वर्षअघि सेयर गरेकाे फाेटाेकाे तुलना

तथ्य जाँच 

यस भाइरल फाेटाेकाे तथ्य जाँचका लागि हामीले साे फाेटाेलाई गुगलमा रिभर्ज इमेज सर्च गर्याैँ । याे विधिमा गुगलले पहिले प्रकाशित भइसकेका तस्बिर देखाइदिन्छ । हामीले सर्च गर्दा राेनाल्डाेले २०७७ साल असाेज २९ गते साे तस्बिर आफ्नाे इन्स्टाग्राम अकाउन्टमा पाेस्ट गरेकाे फेला पार्याैँ । गाेल डटकमका अनुसार त्यस दिन युइएफए नेसन्स लिग अन्तर्गत स्वीडेनका विरुद्धकाे खेलमा काेभिडका कारण राेनाल्डाे पाेर्चुगलबाट खेल्न पाएका थिएनन् । उनले आफ्नाे टाेलीका सदस्यलाई हाैसला दिन टिभीमा स्टेडियमकाे दृश्यसहित आफ्नाे फाेटाे सेयर गरेकाे फेला परेकाे छ ।

साेही तस्बिरलाई ताेडमराेड गरी हालै विश्वकप विजेता अर्जेन्टिनाका कप्तान मेसीकाे तस्बिर राखी साे पाेस्ट भाइरल बनाइएकाे पाइयाे ।

अर्जेन्टिनी खेलाडी मेसीकाे तस्बिर देखाउँदै पाेर्चुगलका खेलाडी राेनाल्डाेले आफू र आफ्नाे परिवार मेसीकाे फ्यान भन्दै सामाजिक सञ्जालमा भाइरल पाेस्टकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।

नेपाल चेकबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे