LISTEN LIVE RADIO

त्रिशिदेश्वरीले चुम्यो ईन्टर दाङ टि-२० क्रिकेटकाे उपाधी



त्रिशिदेश्वरीले चुम्यो ईन्टर दाङ टि-२० क्रिकेटकाे उपाधी

लक्ष्मण बस्नेत दाङ २९ असोज ।

ईन्टर दाङ टि- २० क्रिकेट २०७७ को उपाधी त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुरले हात पारेको छ । हेल्पिङ सौल दाङको आयोजनामा महेन्द्र मावि खेल मैदान तुलसीपुरमा आज बिहिवार सम्पन्न फाईनल खेलमा ज्ञान ज्योती स्पोर्ट्स एकाडेमी तुलसीपुरलाई ८ रनले पाखा लगाउदै त्रिशिदेश्वरी स्पोर्ट्स क्लबले उपाधी उचालेको हो ।

उपाधी संगै उसले नगद २५ हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पारेको प्रतियोगिता का संयोजक आभाष बुढाथोकी ले जानकारी दिए । उता फाईनलमा पराजित ज्ञान ज्योती नगद १० हजार, ट्रफी,मेडल, प्रमाणपत्रमा चित्त बुझाउदै उपबिजेता मा सिमित रह्यो ।

टस जितेर ब्याटिङ रोजेको त्रिशिदेश्वरीले १८ दशमलव ५ ओभरमा अलआउट हुँदै ७७ रन बनाएको थियो । जसमा त्रिशिदेश्वरीका युबराज वली र भरत ओलीले समान १७ /१७ रनको योगदान दिएका थिए ।

बलिङ तर्फ ज्ञान ज्योतिका प्रकाश श्रेष्ठले सर्वाधिक ४ विकेट लिए भने कमल ओलीले २ विकेट लिए । प्रतिउत्तरमा ७८ रन को बिजयी लक्ष्य पाएको ज्ञान ज्योति १५ दशमलव १ ओभरमा ६९ रन अलआउट भयो । जसमा प्रबिन अधिकारीले १९ रन बनाए ।

बलिङ तर्फ संकर बुढाले सर्वाधिक ४ विकेट लिए भने स्माईल अन्सारी र सन्दिप डाँगी समान २/२, तथा तिलक बौडेल र करण सार्कीले समान १/१ विकेट लिएका थिए । म्यान अफ द फाईनल त्रिशिदेश्वरीका श‌कर बुढा भए ।

कोरोना भाईरसका कारण ठप्प बनेको जिल्लाको खेलकुद गतिबिधीलाई चलाएमान बनाउने उदेश्यका साथ आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो भने खेलहरु लिग कम नकाउटका आधारमा खेलाईएको थियो  । प्रतियोगितामा अम्पायरको भुमिकामा नवराज केसी, सचिन सुवेदी र स्कोररमा सचिन देवकोटा रहेका थिए ।

यसैबीच प्रतियोगिताको समापन समारोह आयोजक हेल्पिङ सौलका अध्यक्ष सागर देवकोटाको अध्यक्षता भएको थियो । सो अबसरमा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने त्रिशिदेश्वरीका शकर बुढा, बेस्ट ब्याट्सम्यान, त्रिशिदेश्वरी कै करन सार्की, बेस्ट बलर, बेस्ट फिल्डर त्रिशिदेश्वरीका भरत ओली, सिद्धार्थ एकाडेमीका केशव अधिकारी म्यान अफ द सिरिज, बेस्ट सिक्सर दङ्गाली पल्टका कमल चौधरी र फेयर प्लेय टिम वडा न ७ घोषित भयो ।

हेल्पिङ सौलका आईडिभिसिसी सनम ओलीले संचालन गरेको समापन समारोह मा धन्यवाद ज्ञापन प्रतियोगिताका सह-संयोजक राजिव पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे