LISTEN LIVE RADIO

देउखुरीको रिहारमा विभेद हटाउन जनता आवास मार्फत पक्की घर



देउखुरीको रिहारमा विभेद हटाउन जनता आवास मार्फत पक्की घर

दशरथ घिमिरे, देउखुरी २९ असोज ।

लमही नगरपालिका वडा नम्बर ९ रिहारमा जनता आवास मार्फत निर्माण भएको पक्की घर सुशिला विश्वकर्मालाई हस्तान्तरण गरिएको छ । प्रदेश सभा सदस्य रेवतीरमण शर्माले घरको साँचो विश्वकर्मालाई हस्तान्तरण गर्दै घर धनी र परिवारका सदस्यलाई सम्मान गरेका हुन् ।

सधैं कार्यक्रममा प्रमुख अतिथि र अतिथिलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम राखिन्छ । तर, जनता आवास मार्फत बनेका पक्की घर हस्तान्तरण कार्यक्रममा घरधनी र घर परिवारका सदस्यलाई सम्मान गर्ने अभियान थालिएको हो ।

विपन्न दलितहरु माथी विभेद हटाउन जनता आवास कार्यक्रमले सहयोग पु¥याउछ । बस्ने बास नहुँदा समाजमा अपेहेलित हुनुपर्ने अवस्था छ । अव त्यो विभेदको अन्त्य गर्न पनि यो अभियान हो’प्रदेश सभा सदस्य शर्माले भन्नुभयो,‘समाज रुपान्तरण भैरहेको छ । यो अभियानलाई सबैको साथ सहयोगको खाँचो छ ।

घरधनी सुशिला विकको अध्यक्षता तथा प्रदेश सभा सदस्य शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका जिल्ला सदस्य बिरबहादुर केसी, रतनकुमार केसी, नेकपा लमही नगर ईञ्चार्ज अम्मर कवर(नविन), वडा नम्बर ९ का पार्टी अध्यक्ष खिमबहादुर केसी, नगर सचिवलाय सदस्य ज्ञानराज नेपाली, कल्पना बुढा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

सांसद शर्माले आफ्नो निर्वाचन क्षेत्रमा अहिले सम्म ८८ ओटा पक्की घर जनता आवास मार्फत निर्वाचन गरेर विपन्न दलित तथा मुस्लिम समुदायका परिवारलाई हस्तान्तरण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे