LISTEN LIVE RADIO

रुपन्देहीमा जबरजस्ती करणी उद्योगमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष पक्राउ



रुपन्देहीमा जबरजस्ती करणी उद्योगमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष पक्राउ

काठमाडौं २८ साउन । रुपन्देहीमा महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एकजना गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला रहेका छन् ।

रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार स्थानीय एक महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।महिलाले दिएको उजुरीको आधारमा पक्राउ परेका अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे