LISTEN LIVE RADIO

प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त, तिलक परियार पदमुक्त



प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त, तिलक परियार पदमुक्त

काठमाण्डाै ७ फागुन । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रपतिले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरेका थिए। मन्त्रिपरिषद्को सिफारिसमा परियारलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । प्रदेश २ का प्रमुख परियार तत्कालीन नेकपा माओवादीका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे