राष्ट्रिय समाचार समितिले लुम्बिनी प्रदेशबाट दाङका पत्रकार दीपक बोहरालाई सम्मानित तथा पुरस्कृत



राष्ट्रिय समाचार समितिले लुम्बिनी प्रदेशबाट दाङका पत्रकार दीपक बोहरालाई सम्मानित तथा पुरस्कृत

तुलसीपुर ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस)ले लुम्बिनी प्रदेशबाट दाङका पत्रकार दीपक बोहरालाई सम्मानित तथा पुरस्कृत गरेको छ । राससको ६०औँ वार्षिकोत्सवको अवसरमा समाचारमा योग्दान पुर्‍याएको भन्दै लुम्बिनी प्रदेशबाट तुलसीपुर समाचारदाता बोहरा र बाँके समाचारदाता भेषराज बस्नेतलाई आज पुरस्कृत गरेको हो ।

मन्त्री पार्वत गुरूङले सम्मान गरेका हुन् । पुरस्कारको रासी १० हजार रहेको छ । पुरस्कार छनोट समितिको सिफारिसमा राससले वर्षभरि सम्पादन गरिएको कामका आधारमा सम्मान गरेको हो । बोहरा लामो समयदेखि दाङमा रहेका पत्रकारिता गर्दै आएका छन् । उनी दाङबाट प्रकाशित तुलसीपत्र राष्ट्रिय दैनिक र तुलसीपुर अनलाईनका सम्पादक समेत हुन् । उनी तीन बर्षदेखि राससमा आबद्ध छन् ।

राससले यस बर्ष वर्षभरि समाचार, आलेख र फोटोमा योगदान पुर्‍याउने उत्कृष्ट स्ट्रिङ्गर, आलेख लेखक र फोटो पत्रकार गरी १७ लाई पुरस्कृत गरिएको हो । प्रत्येक फागुन ७ गते राससले स्थापना दिवस मनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे