LISTEN LIVE RADIO

प्रतिनिधि सभा विघटन मुद्दाको बहस सकियो, १० गतेसम्म बहस नोट बुझाउन प्रधानन्यायाधीशको आग्रह



प्रतिनिधि सभा विघटन मुद्दाको बहस सकियो, १० गतेसम्म बहस नोट बुझाउन प्रधानन्यायाधीशको आग्रह

काठमाण्डाै ७ फागुन । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रवार विज्ञ समूह एमिकस क्युरीका सदस्य गीता पाठकले राय दिएपछि प्रतिनिधि सभा विघटन मुद्दामा बहस सकिएको हो ।

एमिकस क्युरीका पाँच जना सदस्यमध्ये बिहीवारसम्म बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले राय दिएका थिए । एमिकस क्युरीका कार्की, खरेल र शाक्यले प्रतिनिधि सभा विघटनलाई गलत भनेका छन् भने मैनालीले प्रतिनिधिसभा विघटनको बचाउ गरे ।

संवैधानिक इजलासको नेतृत्व गरिरहे भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेसम्म बहस नोट दिन आग्रह गरे । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको घोषणा गर्नुभएको थियो । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे