LISTEN LIVE RADIO

चोरी गरेको मोटरसाइलक पहाडी जिल्लामा विक्रि गर्ने गिरोह पक्राउ



चोरी गरेको मोटरसाइलक पहाडी जिल्लामा विक्रि गर्ने गिरोह पक्राउ

बाँके २८ माघ । बाँकेका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर पहाडी जिल्लाहरुमा विक्रि गर्ने गिरोह पक्राउ परेको छ । बाके प्रहरीले चोरी गरेको मोटरसाइकल, रोल्पा, प्युठान, जुम्ला लगायत पहाडी जिल्लामा विक्रि गर्ने कार्यमा संलग्न ६ जनलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरीका रामबहादुर थापा, चन्दननाथ नगरपालिका ४ जुम्लाका नेपालगन्ज बसपार्क बस्ने धिरेन्द्र बिक्रम शाही, गढवा गाउँपालिका ४ दाङका ईरसादअहमद मुसलमान, लुग्री गाउँपालिका १ रोल्पाका छबिलाल पुन मगर, लुग्री गाउँपालिका १ रोल्लाकै नवराज रोका क्षेत्री र नेपालगन्ज १० बाँकेका रन्जित शर्मा रहेका छन् ।

पक्राउ परेका रामबहादुर थापाले भारतीय केही ब्यक्तिहरुसँग मिलि बिगतमा भारतबाट चोरिको मोटरसाइकल खरिद गरि नेपालमा बिक्रि गर्ने गरेको खुलेको छ । लकडाउनसँगै भारतबाट चोरिको मोटरसाइकल आउन छोडेपछि थापाको गिरोहले नेपालगन्जबाट मोटरसाइकल चोरी पहाडी जिल्लामा बेच्ने गरेको पाइएको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए।

रानाका अनुसार पक्राउ परेका ब्यक्तिहरुसँगै चोरीका ११ मोटरसाइकल समेत बरामद गरीएको छ । चोरी गर्ने समूह मध्ये अन्य केही व्यक्तिहरु पनि सक्रिय रहेको बुझिएकोले उनीहरुको पनि खोज तलाश भैरहेको र सोका लागि विभिन्न जिल्लाका प्रहरीसँग समन्वय गर्ने काम भैरहेको उनले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे